भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।
सोमबार उनको मुम्बईस्थित एक अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरसको कारण मुम्बईमा मात्र तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतको सरकारले भने उनको मृत्यु कोरोना भाइरसकै कारण गएको हो भन्ने पुष्टि गरेको छैन ।
उनलाई पहिला नै दम र मधुमेहको रोग रहेको बताइएको छ । भारतमा यो भाइरसको संक्रमण अहिलेसम्म ४२५ जनामा देखिएको छ ।
सोमबार भारतीय अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्र १५ नयाँ संक्रमित फेला परेका छन् ।