Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनका लागि राजदूतमा पाण्डेको नाम सर्वसम्मत रुपमा अनुमोदित

काठमाडौँ  : चीनका लागि नयाँ राजदुत महेन्द्रबहादुर पाण्डेको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकले सर्वसम्मत रुपमा पाण्डेलाई चीनका लागि नेपाली राजदूतका रुपमा अनुमोदन गरेको थियो ।

पाण्डेले सुनुवाइका क्रममा नेपाल र चीनबीचको आर्थिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चीनका लागि आवासीय, उत्तर कोरिया र मंगोलियाका लागि गैरआवासीय राजदूतमा सिफारिस गरिएको थियो।

संसदीय सुनुवाइ समितिले फागुन २८ गते पाण्डेविरुद्ध सार्वजनिक गुनासो तथा उजुरी आह्वान गरेको थियो।

पाण्डेविरुद्ध आइतबारसम्म संसदीय सुनुवाइ समिति सचिवायलयमा कुनै पनि उजुरी परेन। समिति सचिवालयले कुनै पनि उजुरी नपरेपछि सोमबार बैठक बोलाएको हो।

संसदीय समितिबाट नाम अनुमोदित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई राजदूतमा नियुक्त गर्नेछिन्।

चीनले कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि समन्वय गर्न पाण्डेलाई छिटो चीन पठाउने सरकारको तयारी छ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्