Logo
२३ बैशाख २०८१, आईतबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज बिहान ७ बजेदेखि राति ९ बजेसम्म भारतमा ‘जनता-कर्फ्यु’

भारतमा आज आइतबार बिहानैदेखि कोरोना संक्रमण महामारी नियन्त्रणका लागि ‘जनता-कर्फ्यु’ सुरु गरिएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सन्देश जारी गर्दै आज आइतबार सबै देशवासीलाई घरबाहिर ननिस्कन आह्वान गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान अनुसार आइतबार बिहान ७ बजेदेखि अब राति ९ बजेसम्म भारतका जनता अत्यावश्य नपरीकन घरबाहिर निस्कने छैनन्। जसलाई ‘जनता–कर्फ्यु’ नाम दिइएको छ।

मोदीले सन्देशमा भनेका छन्, ‘अति आवश्यक नभईकन घरबाहिर ननिस्कनू, कोरोना नियन्त्रणका लागि यो कर्तव्य पालना गर्ने संकल्प गरौं। यसबाट आगामी दिनका लागि एक महत्वपूर्ण अनुभव बन्न सक्नेछ।’

कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म ३ सय जना संक्रमित भइसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ।मोदीको आह्वानअनुसार आज भारतको राजधानी रहेको दिल्लीलगायत पूरै देश बन्द भएको छ।

दिनहुँ हजारौं गाडी गुड्ने दिल्लीका सडक अहिले सुनसान बनेका छन्। पसल सबै बन्द गरिएका छन्। मानिसको ओहोरदोहोर ठप्प भएको छ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्