Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सीमानाको जमुनाह नाका आजबाट एक हप्ताका लागि बन्द

प्रदेश ५ स्थित बाँकेको नेपालगञ्जस्थित नेपाल-भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको जानकारी दिए ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो ।

छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) सहभागी थिए ।

यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत-जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

‘सामानहरु आउँछन् तर यात्रुहरु आउन-जान पाउँदैनन्,’ उनले भने । प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए ।

भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि अन्तर्राष्ट्रिय हवाई उडानलाई रोके पनि भारतसँग जोडिएका सीमानाका बन्द गरेको छैन । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्