Logo
२२ बैशाख २०८१, शनिबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको संक्रमण रोक्न तथा पुर्ब तयारीको लागि दुहबीमा सर्बदलिय बैठक

दुहबी नगरपालिकामा नोबेल कोरोना भाइरसको संक्रमण रोक्न तथा पुर्ब तयारीको लागि सर्बदलिय बैठक सम्पन्न भएको छ ।

सुनसरीको दुहबी नगर पालिकाको सभा हलमा शुक्रवार भएको बैठकमा जनप्रतिनिधी,राजनीतिक दलका प्रतिनिधि, कर्मचारी,स्थानीय संघ संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको सल्लाह सुझाव अनुसार अगि बढ्ने दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जनाए।

जनचेतना र प्रचार प्रसारमा जोड दिनु पर्ने बताउँदै मेयर गच्छदारले दुहबी नगर भित्र सार्वाजानिक स्थान हरुमा भिड भाडमा सहभागि नहुन , अति आवश्यक काम बिना घर बाहिर नजान हाट बजार जस्ता ठाउँमा सहभागि नहुन सम्पुर्ण
नगर बासि हरु लाई स्वास्थमा ध्यान पुर्याउन साबुन पानि तथा सेनेटाईजरले पटकपटक हात धुन जस्ता कुरा पालना गर्न नगर बासिहरुमा अनुरोध गर्नु भएको छ ।

रोगको महामारिको पुर्व तयारिको रूपमा दुहबी ५ स्थित बन्द अवस्थामा रहेको लुनकरण दास च्यारीटि हस्पिटलमा बिरामीको अवस्था हेरि आवश्यक सामाग्री जुटाउन दुहबी नगर स्वास्थय शाखा प्रमुखलाई निर्देशन समेत दिनुभयो ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्