Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै स्वरोजगार बन्न लागिपर्दा राज्यले विभेद गरेको किसानहरुको गूनासो

देशमै स्वरोजगार भएर अरुलाइ रोजगार दिने भनि लागि परेको नेपाली युवाहरुको जमात बाक्लै छ । एकातिर राज्यले वास्तविक किसानहरुलाई सहयोग गर्न सकिरहेको छैन भने अर्काेतिर युवाहरु पनि स्वरोगार बन्न सकिरहेका छैनन् । तालिमको प्रमाणपत्र हातमा बोकेर युवाहरु रोजगारीको लागि बिदेश भौतारिरहेका छन् र राज्यलाई गाली गरिरहेका छन् । सुनसरी जिल्लाको दुहबी ४ स्थित घर भएका यागेन्द्र पौडेल झण्डै ३ वर्षदेखि कुवेतको बैदेशिक रोजगार छोडेर नेपालमै
स्वरोजगार बन्न र बेरोजगार यूवाहरुलाइ रोजगार दिन लागि परेका छन् ।

उनले व्यवसाय संचालन गर्ने विधि र प्रक्रियाहरु बुझेपछि सँधै अरुकोमा मात्र कति काम गर्ने आफ्नै देशमा स्वरोजगार बनेर अरुलाई रोजगार श्रृजना गर्न सकौं भनेर मोरङको बुढीगंगा ६ स्थित दोमहडी गाउँमा ३ वर्ष अगाडी नेपाल राष्ट्र बैंकबाट २२ लाख ऋण लिएर २२ लाख ४४ हजारको संयूक्त लगानीमा हातेमालो कृषि फर्म स्थापना गरेको बताए । कृषि फर्ममा ३ हजार लेर्यस कुखुरा पालन गरिएको छ । यसकासाथै बाख्रा पालन,माछा पालन,अण्डा उत्पादन, अर्गानिक तरकारी खेती समेत गरिएको बताउँदै आगामी दिनहरुमा ट्रकी, बट्टै र कालिज पालन समेत गर्ने योजना रहेको उनि बताउँछन । नेपालमा तिन तहको सरकार भएपनि वास्तविक किसानलाइ अनुदान नदिइ शक्ती र पहुँचको आधारमामात्र अनुदान दिएपछि वास्तविक किसान र केहि गर्न खोजौं भन्ने बिदेशबाट आएका यूवाहरु पिडित भएको उनले गुनासो पोखे ।

बजारिकरण र अनुदानमा सरकारले विभेद गरेकोले वास्तविक किसान पलायन हुँन बाध्य भएको उनि बताउँछन। २ जनालाइ प्रत्यक्ष रोजगारी दिएपनि ३ वर्षदेखि निरन्तर घाटामा गएको कृषि फर्म पेशाबाट ऋण तिर्न गारो भएको उनले दुखेसो पोखे ।

हातेमालो कृषि फर्मका अर्का साझेदार पदम बहादुर कार्की भन्छन हामीले सके रोजगार खोज्ने नभए स्वरोजगार बन्ने प्रयामा लाग्नुपर्छ, सरकारको काम व्यवस्थापन गरिदिने हो तर हाम्रो देशमा त्यो वातावरण मिलाउन सकेको छैन राज्यले,त्यसमा राज्य दोषी भएको उनको आरोप छ ।

बुढीगंगा ६ मा कृषि फर्म खोलेर बसेका अर्का कृषक सन्तोष कार्कीले १ वर्ष अगाडी आफ्नै देशमा स्वरोजगार बनौं भनेर साउदी अरेवियाको बैदेशिक रोजगार छोडेर नेपालमै केहि गरौं भनेर तालिम लिइ ६ लाखको लगानीमा कृषि फर्म खोलेर ब्वाइलर कुखुरा पाले तर छिमेकी भारतबाट खुल्लम खुल्ला ब्वाइलर कुखुरा तस्करी भएर नेपाल आउँदा बजार भाउ अनुसारको मूल्य न पाएपछि विस्थापित हुँने अवस्था आएको बताए । उनि भन्छन हाम्रो कुरा कस्ले सुन्ने, गाउँपालिका गयो तालिम मात्र दिन्छन, अनुदानको कुरो उठाउँदा कुरै
सुन्दैनन । अब फेरि बिदेश जानुपर्ने अवस्था आएको उनि बताउँछन ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्