Logo
२२ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख ३ गतेसम्म विदेशबाट नेपाली पनि आउन पाउने छैनन् : नेपाल सरकार

सरकारले युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया, टर्की, जापानलगायत सरकारले तोकेका मुलुकहरुबाट चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म कोही नेपाली वा विदेशी नेपालमा नआउने स्पष्ट पारेको छ।

‘अहिलेको अवस्थामा भिसा सकिएका वा बिरामी कोही पनि नेपाल आउन पाउने छैनन्,’ सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

सरकारको उच्चस्तरीय समितिले चैत ७ गते मध्यरातदेखि लागू हुने गरी युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, टर्की, मलेसिया, जापानलगायत मुलुकबाट आगमन प्रतिबन्ध गर्ने निर्णय गरेको थियो।

सरकारले भिसा सकिए पनि त्यहाँको सरकारले अहिलेको अवस्थामा त्यहीँ बस्ने व्यवस्था गरेको जानकारी बिडारीले दिए।

सेल्फ क्वारेन्टाइनबारे सरकारले स्पष्ट पारिसकेको र सर्वसाधारणले पनि यसबारे थाहा पाइसकेको सचिव बिडारीले जानकारी दिए।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्