Logo
२२ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रसेवामा खटिने कर्मचारीलाई ७५ प्रतिशतसम्म भत्ता, संक्रमित भएमा १० लाख उपचार खर्च

सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाखसम्मको उपचार खर्च दिने भएको छ ।

यसका साथै २५ देखि ७५ प्रतिशतसम्म सुरु तलबको भत्ता दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको ‘कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को बैठकले उक्त निर्णय गरेको हो ।

कर्मचारी सञ्‍चयकोषले आफ्ना सञ्चयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको उपचार खर्च बापतको १० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारी सङ्क्रमित भएमा निजलाई उपचार गर्दा लाग्ने खर्च समेत सोही अनुरूप हुने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने भएको छ ।

 

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्