Logo
२२ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने गृह मन्त्रालयको निर्णय, सीमा क्षेत्र उच्च जोखीममा

संघीय सरकार अन्तरगत रहेको गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण फैलिने उच्च संभावना भएको निष्कर्ष निकालेको छ ।

आज बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले खुल्ला सिमानाका कारण भारतबाट कोरोना फैलिने जोखिम उच्च भएको निष्कर्ष निकालेको हो

उक्त बैठकमा भारतमा तीव्र रुपमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा भित्रन सक्ने भन्दै सीमा नाकामा हुने जाँचलाई कडाइ गर्नुपर्ने बैठकको निष्कर्ष छ ।

बैठकमा पूर्व तयारी र प्रतिकार्य योजनासम्बन्धमा छलफल भएको थियो । साथै गृहमन्त्रालयले कोरोना भाइरसबारे अफवाह फैलउनेलाई कडा कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निदेशन पनि दिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजना बनाइने जानकारी दिएका छन् ।

अफवाह फैलाउने र अनावश्यक प्रचार गर्नेलाई १ लाख जरिबाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ ।  उक्त बैठकमा धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्