Logo
२२ बैशाख २०८१, शनिबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर-धनुषाधाम सडकखण्डमा धुलो उडेको भन्दै स्थानीयले गरे चक्काजाम

प्रदेश नं २ स्थित धनुषाको जनकपुर धनुषाधाम सडकखण्डमा सडक जीर्ण भएर धुलो उडेको भन्दै स्थानीयले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरी चक्काजाम गरेका छन् ।

मिथिला बिहारी नगरपालिका ८ कचुरीमा स्थानीयले चक्काजाम गरेका हुन् । धुलो नियन्त्रण गर्न २ महिनादेखि मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिल यादवलाई पटक -पटक गुनासो गर्दा समेत कुनै बास्ता नगरेको भन्दै सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयले बताएका छन् ।

सडकमा उडेको धुलो र प्रदुषणले सर्वसाधारणलाई रुघाखोकी लाग्ने, बिरामी पर्ने गरेको स्थानीयको भनाइ छ । सडक विभागले समेत सडक मर्मत सम्भार र धुलो नियन्त्रण गर्न कुनै वास्ता नगरेको वडा नं.८ का वडाध्यक्ष जिबछ यादवले बताएका छन् ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्