Logo
२३ बैशाख २०८१, आईतबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण भारतमा ३ को मृत्यु, १ सय २९ जना संक्रमित

बर्तमान समयमा विश्वभरि माहामारीको रुप लिएको कोरोना भाइरसका कारण भारतमा ३ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा ६४ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ पुगेको हो ।

दुबईबाट फर्किएका वृद्धको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ ।

यसअघि सोमबार पाकिस्तानमा कतारबाट फर्किएका ३१ वर्षीय युवाको मृत्यु भएको थियो। भारतमा मात्रै १ सय २९ जनामा कोरोना पुष्टि भएको छ । १३ जना निको भएका र १ सय १३ जना उपचाररत छन् ।

भारतले कोरोना भाइरसको सङ्क्रमण बढेपछि ताजमहल बन्द गर्ने घोषणा गरेको छ । दैनिक ७० हजार मानिस पुग्ने गरेको ताजमहलमा कोरोना फैलिने जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरिएको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।

नेपाल रहेको सार्कका ८ सदस्य देशमा अहिलेसम्म ३ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

यस्तै अमेरिकामा थप सात जनाको र दक्षिण कोरियामा थप ६ जनाको ज्यान गएको छ । मध्य एसियाको काजकिस्तानमा २ वर्षीया बालिका सहित ३ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्