Logo
२२ बैशाख २०८१, शनिबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीले ट्विटमार्फत् कोरोना भाइरस विरुद्ध सार्कको एउटा रणनीति बनाउन गरे प्रस्ताव

कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको अबस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रको एउटा साझा रणनीति बनाउन ट्विटमार्फत्  प्रस्ताव गरेका छन् ।

हाम्रा नागरिकलाई स्वस्थ राख्नका लागि त्यसबारे हामी भिडियो कन्फ्रेन्स मार्फत् छलफल गर्न सक्छौं,’ उनले ट्विटमार्फत् सो प्रस्ताव सार्वजनिक गरेका हुन् ।

‘उनले संसारभर फैलिरहेको यो रोग सामना गर्नका लागि सार्क देशका नेतृत्वहरुले एउटा सशक्त रणनीति तय गर्न प्रस्ताव गरेका हुन् । संयुक्तरुपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेश गर्न सक्छौं र स्वस्थ ग्रहका लागि योगदान पुर्‍याउन सक्छौं ।’

दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकिस्तानमा कोरोनाका कारण एक(एक जनाको मृत्यु भएको छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएको पाइएको छ।

अफगानिस्तानमा ९, माल्दिभ्समा २, श्रीलंकामा ३, ब‌ंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिकं), र नेपालमा १ (निको भइसकेको) जना संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्