Logo
२२ बैशाख २०८१, शनिबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युनिसेफ : बालबालिकालाई साबुन पानीले हात धुन सिकाउनुस्, भिडभाडबाट टाढै राख्नुस्

अहिलेको बर्तमान समयमा कोरोना भाइरस विश्वभर फैलिरहेको छ । यो अवस्थामा यूनिसेफले कोरोना भाइरसबाट बालबालिकालाई बचाउन विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

युनिसेफको अनुुसार अहिले सम्मको तथ्याङ्कअनुसार बालबालिकामा सङ्क्रमणको जोखिम कम देखिए पनि बालबालिकाको सुरक्षाका लागि अभिभावक सचेत हुनुपर्ने जनाएको हो ।

बालबालिकामा रुघाखोकीलगायत श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणको लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा लैजान र भिडभाड हुनसक्ने कार्यालय, विद्यालय, सार्वजनिक यातायात जस्ता सार्वजनिक ठाउँबाट टाढै राख्न अनुरोध गरिएको छ ।

सामान्य रुघाखोकी देखिए घरैमा मनग्य आराम गराउन र खानपानमा ध्यान दिन पनि युनिसेफले आग्रह गरेको छ ।बालबालिकाको नियमित हात धोइदिन, श्वासप्रश्वाससम्बन्धी सरसफाइमा ध्यान दिन, खोप नियमित लगाउन युनिसेफले आग्रह गरेको छ ।

बालबालिकालाई बारम्बार हात धुने, अनुहार सकेसम्म नछुने जस्ता व्यवहार सिकाउन अभिभावकलाई आग्रह गरिएको छ । बालबालिकामा समस्या नदेखिएमा र विद्यालयबारेको निषेधात्मक सूचना जारी नभएको अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु नै उपयुक्त हुने पनि युनिसेफले बताएको छ ।

साथै आमाहरुलाई सामान्य रुघाखोकी लागेका शिशुलाई नियमित स्तनपान गराउन र आमा निकै नै अस्वस्थ भए आमाकोे दूध निकाली सफा कप वा चम्चाले शिशुलाई खुवाउन सकिने युनिसेफले जनाएको छ ।

सङ्क्रमणको जोखिम भएको बेलामा बालबालिकालाई सकेसम्म यात्रा नगराउन र गराउनै परे सरसफाइ र खानपानमा सचेत हुन युनिसेफले आग्रह गरेको छ ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्