Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडेली प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरस भएको पुष्टि, दुवै जना १४ दिने आइसोलेशनमा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफीलाई कोरोना भाइरस लागेको पुष्टि भएपछि १४ दिने आइसोलेशनमा राखिएको छ ।

क्यानडेली प्रधानमन्त्रीका सञ्चार निर्देशकले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पत्नी सोफीलाई कोरोना भएको जनाएका छन् ।

प्रधानमन्त्री ट्रुडोकी श्रीमती सोफीलाई कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएपछि दुवै जनालाई १४ दिने निगरानीमा राखिएको बीबीसीले जनाएको छ । तर ट्रुडोमा अहिलेसम्म कुनै सङ्क्रमण नदेखिएकाले उनको कोरोना परीक्षण नहुने बताइएको छ ।

सोफियामा कोरोना संक्रमण देखिए पनि उहाँले असजिलो महसुस गर्नु भएको छैन,’ त्यहाँका प्रधानमन्त्रीका सञ्चार निर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सेल्फ–आइसोलेसनमा रहे पनि प्रधानमन्त्री ट्रुडोले पूर्ववत् ढंगले आफ्ना नियमित काम गर्ने उनको कार्यालयले जनाएको छ । यसैसन्दर्भमा उनले शुक्रबार आफ्ना नागरिकहरूलाई सम्बोधन गर्ने तय भएको छ ।

विश्वव्यापी रूप लिइरहेको कोरोनाले क्यानडामा १ जनाको मृत्यु भइसकेको छ । देशका विभिन्न क्षेत्रका १४२ नागरिकमा कोरोनाको यसको देखिएको छ । बिहीबार मात्रै त्यहाँका ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यसैबीच अहिलेसम्म १ सय २७ देशका १लाख ३४ हजार ७ सय दुई जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये ७० हजार ३ सय ८१ जना उपचारपछि निको भएका र ५९ हजार ३ सय ४२ जना उपचाररत छन् ।

कोरोनाका कारण अहिलेसम्म ४हजार ९ सय ७९ जनाको मृत्यु भइसको छ ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्