Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर यात्राको लागि प्रतिबन्ध लगाएपछि भारतीय सेयर बजारमा नकारात्मक असर  

भारतीय शेयर परिसूचक सेन्सेक्स बिहीबार अघिल्लो दिनको तुलनामा २९१९ दशमलव २६ अंकले घटेर ३२७७८ दशमलव १४ अंकमा आइपुगेको छ ।

भारतको सरकारले विश्वभर यात्राको लागि प्रतिबन्ध लगाएपछि बिहीबार त्यसको नकारात्मक असर शेयर बजारमा देखिएको हो ।

बिहीबार बजारमा भारतीय शेयर परिसूचक सेन्सेक्समा देखिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कमी हो । यसअघि एकै दिन सेन्सेक्समा २४६७ अंकको कमी आएको थियो ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस कोभिड-१९ को कारण विश्वभरको शेयर बजार प्रभावित बनिरहेको अवस्थामा भारतीय शेयर बजारमा पनि त्यसको असर देखिएको हो ।

 

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्