Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा सबै सीमानाकामा कडाई, मध्यरातिबाट लागू हुनेगरी भीसा बन्द

कोरोना भाइरसको संक्रमण फैलन नदिन भारतले एक महिनाको लागि भीसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी अप्रिल १५ सम्मका लागि भारतले भीसा बन्द गरी सीमामा कडाई गर्ने निर्णय लिएको हो ।

अब कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् । आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ ।

मानिसको यात्रामा कडाई गरिने भएको छ । कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।

तर, यो निर्णयले नेपाल र भुटानलाई भने कुनै असर नगर्ने भएको छ ।

नेपाल र भुटानका नागरिकलाई भारत प्रवेश गर्न भीसा चाहिंदैन । इन्डियन एक्सप्रेसका अनुसार भारतले विदेशीलाई भीसा रद्द गरेको हो ।

भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ ।

यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ । भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्