Logo
२२ बैशाख २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड १९ अर्थात कोरोनाको कारण भारतमा पनि यात्रा प्रतिबन्ध

भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

अप्रिल १५ सम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तर्रा्ष्ट्रिय संस्था, इम्प्लेइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसाहरु निलम्बन गर्ने निर्णय गरेको हो ।

ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक)लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात शुक्रबार मध्यरातबाट लागू हुनेछ ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछन् । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्