Logo
२२ बैशाख २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना त्रास : बेलायत बाहेकका यूरोपेली मुलुकको हवाई यात्रामा अमेरिकाले लगायो प्रतिबन्ध

बर्तमान समयमा विश्वभरी अहिले कोरोनाका कारण सन्त्रासमा फैलिरहेको अबस्थामा अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न युरोपबाट अमेरिकामा गरिने सबै यात्रामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि ३० दिनसम्म लागु हुने गरी युरोप–अमेरिका यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २२ जनामा संक्रमण भएको छ ।

यो कडा र अत्यावश्यक प्रतिबन्ध बेलायतमा भने लागु नहुने राष्ट्रपति ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

युरोपको इटली, फ्रान्स, स्पेन, जर्मनी, स्वीजरल्याण्ड, नर्वेलगायतका देशमा कोरोनाको संक्रमण तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस विश्वभरको दुस्मन भएको भन्दै यसलाई चाँडो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।

नयाँ संक्रमण रोक्नकै लागि युरोपसँगको यात्रामा प्रतिबन्ध लगाउनु परेको ट्रम्पले बताए । साथै भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार एक महत्त्वपूर्ण बैठकमा कोरोना भाइरसको संक्रमण रोक्नको लागि आउँदो १५ अप्रिलसम्म सबै भिसा निलम्बित गर्ने फैसला गरेको छ ।

स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनको अध्यक्षतामा बसेको बैठकमा कोरोना भाइरसको संक्रमण फैलन नदिन र बच्नका लागि विभिन्न उपायका बारेमा छलफल भएको थियो ।

बैठकमा १५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्र तथा अन्य अन्तर्राष्ट्रीय संस्थाहरु, एम्प्लयमेन्ट र प्रोजेक्ट भिसा बाहेक अरु सबै प्रकारको भिजा निलम्बित गर्ने फैसला गरेको हो ।

साथै ओसीआई कार्डधारकहरु (प्रवासी भारतीय नगरिकों) लाई दिइने भिसामुक्त यात्राको सुविधामा पनि १४ अप्रिल २०२० सम्म प्रतिबन्ध लगाइएको छ । भारतमा अहिलेसम्म ६० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्