Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतको हवाई सेवा शुक्रबारदेखि बन्द, कामदारलाई २ साता छुट्टी

कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी रूप लिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो ।

व्यावसायिक उडान बन्द गर्ने निर्णय कहिलेसम्मका लागि हो भन्नेबारे भने कुवेत सरकारले केही खुलाएको छैन ।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ ।

कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहनेछ ।

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्