Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशमा होली आज तर जनकपुरमा भोलि बुधबार मात्र मनाइने

पहाडी र हिमाली क्षेत्रमा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ । तराईमा मङ्गलबार फागु अर्थात होली पर्व मनाइएको भएपनि जनकपुरमा भने बुधबार मात्र मनाइने छ ।

धनुषाको जनकपुरमा भने भोलिमात्रै होली पर्व मनाइने भएको छ । आज मङ्गलबार परेकोले माछा मासु खान नमिल्ने भएपछि भोलिमात्रै होली पर्व मनाउन लागिएको हो ।

तराईमा होली विशेष तरिका मनाउने गरिन्छ । अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै तराईमा होली पर्व मनाउने गरिन्छ ।

तर यसपालि कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

होलीको अवसरमा तराईमा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सँधैजस्तो यसपटक जमघट भएर होली नखेल्न सरकार र सरुवारोग विशेषज्ञ डाक्टरहरुले आग्रह गरेका छन् ।

भिडभाडमा जाँदा, नजिकै पुगेर रङ्ग लगाइदिँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन डाक्टरले आग्रह गरेका हुन् ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्