Logo
३० बैशाख २०८१, आईतबार
(March 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडामा पनि कोरोना :चीनबाहिर ३३ हजार बढी सङ्क्रमित

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट क्यानडामा एक जना व्यक्तिले ज्यान गुमाएको छ । क्यानडाको प्रान्त बिट्रिश कोलम्बियाले कोरोना सङ्क्रमणबाट देशमा पहिलो व्यक्तिको ज्यान गएको जानकारि दिएको हो। प्रान्तका अनुसार थप पाँच जना नयाँ सङ्क्रमित थपिएका छन् ।

प्रान्तका स्वास्थ्य अधिकारी डा .बोनी हेनरीले ज्यान गुमाउने व्यक्ति भ्यानकुभर केयर होममा रहेका दुई जना सङ्क्रमितमध्ये एक हुन्, उनमा गएको हप्ता कोरोनाको सङ्क्रमण देखिएको बताए ।

हेनरीका अनुसार ८० वर्षीय पुरुषको ज्यान गएको हो । थप नयाँ व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमतिमध्ये आठ जना उपचारपछि घर फर्किएका छन् ।

एक जना महिला भ्यानकुभर केयर होममा कार्यरतमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले त्यस क्षेत्रमा निगरानी गरिरहेको स्वास्थ्य अधिकारी हेनरीले बताएका छन् ।

यसैगरी अहिलेसम्म चीनबाहिर ३३ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । सङ्गठनका अनुसार चीनबाहिर भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या आठ सय नाघिसकेको छ ।

प्रकाशित मिति: Mar 10, 2020

प्रतिक्रिया दिनुहोस्