Logo
२२ बैशाख २०८१, शनिबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद तथा पूर्वकानुनमन्त्री तामाङ्द्वारा संसदमा गाँजा विधेयक दर्ता गर्ने तयारी

काठमाडौं : गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक सबै प्रदेश सभामा दर्ता गर्ने तयारी भएको छ ।

संघीय संसदमा पूर्वकानुनमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले नेतृत्व गरेका छन् । उनले यही फागुन १९ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरेका हुन् ।

बागमती प्रदेशमा गाँजा खेती सम्बन्धी विधेयक दर्ता भइसकेको छ । बागमतीमा पूर्वमन्त्री केशव स्थापितले २० फागुनमा विधेयक दर्ता गरेका हुन् ।

बाँकी छ वटा प्रदेशमा पनि गाँजा सम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको सांसद तामाङले बताए । नेपालमा भने सबै प्रदेशमा गाँजा खेतीलाई वैधता दिने गरी कानून बनाउन लागिएको सांसद तामाङले बताए ।

प्रदेश सांसद स्थापित गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी कानूनका पक्षमा हस्ताक्षर अभियान चलाउने, बहस समूह गठन गरेर यसको सकारात्मक पक्षको फैलावट गर्ने लगायतका कार्य समेत सुरु भइसकेको बताए ।

पूर्वकानूनमन्त्री शेरबहादुर तामाङको नेतृत्वमा सबै प्रदेशमा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी विधेयक दर्ता गर्न तयारी भएको भएपनि यो विधेयक ल्याउने सन्दर्भमा सत्तारुढ नेकपामा भने पर्याप्त छलफल भएको पाइएको छैन ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्