Logo
६ जेष्ठ २०८१, आईतबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उच्च तहका कर्मचारीमा अझै काठमाडौ ‘मोह’ !

उच्च तहका कर्मचारीमा अझै काठमाडौ ‘मोह’ उच्च तहका कर्मचारीमा अझै पनि काठमाडौ ‘मोह’ देखिएको छ ।
प्रदेश र स्थानीय तहमा सरूवा गरिएका उच्च कर्मचारीहरू सकेसम्म अझै पनि काठमाडौंमा बस्न खोज्ने प्रवृत्ति कायमै देखिएको हो ।

विशेष गरी उपसचिव तथा सहसचिवहरू सकेसम्म काठमाडौं नछाड्न अनेक बाहना गर्ने गरेको संघीय मन्त्रालयका अधिकारीहरू बताउँछन् । शाखा अधिकृत र शाखा अधिकृतभन्दा मुनिका कर्मचारीलाई भने सरुवा गरिएको ठाउँमा जानैपर्ने बाध्यता छ । तल्लो तहका कर्मचारीहरू सरुवा गरिएको कार्यालयमा हाजिर गर्न गएनन् भने उनीहरूलाई कारबाही गर्ने गरिएको छ । पुसको अन्तिम साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत ३४ जना उपसचिवलाई एकैपटक प्रदेशमा सरुवा ग¥यो तर ती उपसचिवमध्ये अधिकांशले अहिलेसम्म काठमाडौं नछाडेको मन्त्रालयका उच्च कर्मचारीले बताए ।

सिंहदरबार नछाडेका ती उपसचिव प्रशासन सेवाका हुन् । उनीहरू अहिले पनि सरुवा हुनुभन्दा अघिकै मन्त्रालयमा कार्यरत छन् । प्रदेशमा सरुवा गरिएका ३४ उपसचिवमध्ये उद्योग मन्त्रालयबाट ३ जना उपसचिव विमल बराल, रामकृष्ण अधिकारी र नोकबहादुर बस्याल अहिले पनि सिंहदरबार छाडेका छैनन्। उद्योग मन्त्रालय स्रोतका अनुसार उनीहरूले अझै पनि उद्योगमै हाजिरी गर्ने गरेका छन् ।

संघीय मन्त्रालयका सहसचिव जयनारायण आचार्यले सरुवा गरिएका निजामती कर्मचारी बाटो म्यादबाहेक ७ दिनभित्र खटाइएको ठाउँमा जानुपर्ने नियम भए पनि केही कर्मचारीले केही बाहना गरी खटाइएको ठाउँमा नजाने गरेको स्वीकार गरे ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्