Logo
१५ बैशाख २०८१, शनिबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटलमा कार्यरत एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

अस्ट्रेलियाको तास्मानीया राज्यको होर्बाटस्थित होटलमा कार्यरत एक जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। उनी ताज्मेनियाको होर्वट ग्रान्ड चान्सलर होटमा केही समयदेखि काम गर्दै आएका थिए।

उनलाई जहाजमै रुघाखोकी लागेको भए पनि स्वास्थ्य परीक्षण नगरी आफू कार्यरत होटलमा काम गर्न पुगेका थिए। उनी पढ्ने कलजेको समेत भ्रमण गरेको तास्मानियाका सार्वजनिक स्वास्थ्य निर्देशक मार्क भेचले पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले गत हप्ता होबार्टको ग्रान्ड चान्सलर होटलमा केही दिन काम गरेका कारण उनीसँग नजिक भएर कामगर्नेहरुलाई छुटै बस्न सुझाव दिएका छन्।

स्थानीय स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार २० वर्षीय ती युवा नेपालबाट सिंगापुर, सिड्नी ट्रान्जिट हुँदै गत फागुन १४ गते होर्बाट पुगेका थिए।

उनमा रुघाखोकीको थप लक्षणहरु देखिन थालेपछि नेपालबाट फर्किएको नौ दिपछि मात्र रोयल होर्वाट अस्पतालमा परीक्षणका लागि भर्ना भएका थिए।

उनको स्वास्थ्य परीक्षणपछि भाइरसको पोजेटिभ लक्षण देखिएको थियो। उनीसँगै बस्ने चार र अन्य तीन जनालाई १४ दिनसम्म छुट्टै राखिएको छ।

उनको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको डाक्टर मार्क भेचलले जनकारी दिए। हालसम्म तास्मानिया राज्यमा मात्र एक सय १४ जनाको परीक्षण भइसेको छ।

अस्ट्रेलियामा मात्र ३८ जना कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको छ भने चार सयभन्दा बढीको परीक्षण अनुसन्धानमै रहेको छ। हालसम्म भाइरसका कारण अस्ट्रेलियामा तीन जनको ज्यान गइसेको छ।

प्रकाशित मिति: Mar 8, 2020

प्रतिक्रिया दिनुहोस्