Logo
६ जेष्ठ २०८१, आईतबार
(March 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वायु सेवाको निगमको अटेरी : अदालतको आदेशको अवेज्ञा गर्दै कोरोना प्रभावित जापानमा उडान

सरकारी स्वामित्वको वायुसेवा नेपाल वायु सेवा निगमले सर्वोच्च अदालतको अन्तरिम आदेशको अवेज्ञा गरेको छ । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएको अवस्थामा सर्वोच्च अदालतले पनि कोरोनाबाट प्रभावित भएका देशहरुमा निगमको जहाज नउडाउन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चले कोरोना भाइरस संक्रमण र जोखिम देखिएका चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको थियो । संक्रमण फैलिएका मुलुकबाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुने उडानको अवस्था र परिस्थितिको सूक्ष्म मूल्यांकन गर्नसमेत सजग गराइएको छ।

तर, निगमले अदालतको आदेशको कुनै प्रवाह नगरी जापानमा आफ्नो उडान जारी राखेको छ । निगमले जापानको नारितामा अदालतको आदेशको अवेज्ञा गर्दै आफ्नो परीक्षण उडान भरेकोमा अहिले चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । त्यसमा पनि सरकारी उच्च तहका अधिकारीहरु उक्त उडानमा सहभागी थिए ।

निगममात्रै नभए यो प्रकरणमा उडानको लागि अनुमति दिने निकायको समेत गम्भिर लापरवाही भएको भनेर आलोचना भैरहेको छ । के निगमले लापरवाही गरेर नेपालमा कोरोनाको संक्रमण भित्र्याउन खोजेको हो ? भनेरपनि नागरिकस्तरबाट प्रश्न उठेको छ ।

ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणबिना प्रवेशमा रोक लगाउन तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्काल ‘आइसोलेसन’ र ‘क्वारेन्टाइन’ मा राखी छुट्टै उपचारको व्यवस्था मिलाउनसमेत सर्वोच्चले भनेको छ।

सरकारले पूर्वसावधानीका लागि आवश्यक व्यवस्था मिलाउन नसकेको दाबीसहित अधिवक्ता पूर्ण राजवंशीले रिट दायर गरेका थिए। सर्वोच्चले उत्तर र अन्य सीमाबाट नेपालमा प्रवेश गरिने स्थलमार्ग र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट व्यक्तिहरू प्रवेश गर्ने नागरिक (विदेशी समेत) को अनिवार्य रूपमा कडाइका साथ स्वास्थ्य जाँचको प्रभावकारी व्यवस्था गर्न पनि सरकारलाई आदेश दिएको छ।

प्रकाशित मिति: Mar 7, 2020

प्रतिक्रिया दिनुहोस्