Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिफ्ट दिने बहानामा बलात्कार !

ललितपुर : ललितपुरको चापागाउँ दोबाटो चोकमा लिफ्ट दिने बहानामा ड्राइभरले आफूमाथि बलात्कार भएको एक महिलाले बताएकी छन् ।

आफूमाथि उक्त घटना घटेको बताउँदै पीडित भनिएकी सीता यतिबेला निवेदन दिन महानगरीय प्रहरी वृत्त सातदोबाटो चौकी पुगेकी छन् ।

शुक्रबार बिहान ललितपुरको चापागाउँ दोबाटो चोकमा एक युवती आफू ड्राइभरबाट बलात्कृत भएको बताएकी छन् । एक निजी कारको ड्राइभरले लिफ्ट दिने बहानामा बोलाएर आफूलाई बलात्कार गरेको प्रहरी सामु बताईन् ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार पीडित भनिएकी युवतीका आफन्त सम्पर्कमा आएका छन् । ‘उहाँहरुलाई बोलाएर थप सोधपुछ गर्ने तयारीमा छौं,’ डीएसपी शर्माले बताए ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्