Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद्ले खर्च गर्दै आएको पूर्वाधार विकास कार्यक्रम संकटमा पर्न सक्ने

सांसद्ले खर्च गर्दै आएको पूर्वाधार विकास कार्यक्रममाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले यसबारे प्रश्न उठाउँदै रकम वितरणबारे लिखित कारण पेश गर्न अर्थ मन्त्रालय, संघीय संसद सचिवालय र प्रधानमन्त्री कार्यालय लगायतलाई आदेश दिएको छ ।

नेपाली काँग्रेसका तीन सांसदले हालेको रिटमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलाशले सुनुबाइ गर्दै यस्तो आदेश दिएको छ । सांसदहरु प्रकाश स्नेही,रंगमती शाही र प्रकाश पन्तले २०७६ पुस १ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले सांसदलाई वितरण हुने बजेटमा विभेद भएको दाबी गर्दै रोक्न माग गरेका थिए । नेपाल सरकारको बजेट वक्तव्यको बुँदा २ सय १३ नेपालको संविधानको धारा ८४ र ८६ विपरीत भएको भन्दै योजना छनोट रोक्न रिटमा माग उनीहरुको थियो । अदालतले चित्तबुझ्दो जवाफ नपाए यो कार्यक्रम रोक्न आदेश दिने सम्भावना रहेको कानूनी जानकारहरु बताउछन ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्