Logo
२२ बैशाख २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व सांसददेखि पाँचतारे होटलबाट कर छली, ३५ दिनभित्र नबुझाए सम्पत्ति लिलामि गरिने

पूर्व सांसददेखि पाँचतारे होटल तथा रिसोर्टले कर छल्ने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयले सरकारी राजश्व तिर्न बाँकी रहेका १ सय २३ जना व्यक्ति तथा फर्महरुको नामावाली र तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र सरकारी बाँकी रकम तिर्न सूचना प्रकाशन गरेसँगै यसबारे खुलासा भएको हो । ३५ दिनभित्र रकम तिर्न नआए उसको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रियामा लैजानेसमेत सरकारले चेतावानी दिएको छ ।

पटकपटक सरकारी राजश्व तिर्न आग्रह गर्दा र सूचना दिँदा पनि नतिरेको भन्दै महालेखा नियन्त्रक कार्यालयले याक एण्ड यति होटललाई ३५ दिनभित्र १६ करोड करोड ३३ लाख ५४ हजार ४ सय ५२ रुपैयाँ तथा त्यसमा नियमानुसार लाग्ने ब्याजसमेत तिर्न सार्वजनिक सूचना दिएको छ । त्यस्तै होटल अन्नपूर्णले सरकारले १६ करोड ८ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै तिर्न आउन सूचना जारी गरेको छ । तप्त बहादुर बिष्ट सञ्चालक रहेको होटल अन्नपूर्णले सरकारलाई १६ करोड ८ लाख ३० हजार ४ सय ३७ रुपैयाँ तिर्न बाँकी नै छ ।

त्यस्तै दिनेश बहादुर विष्ट अध्यक्ष रहेको होटल सोल्टीले पनि नेपाल सरकारलाई ८ करोड ४३ लाख ७१ हजार १ सय ४० रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । पाँचतारे होटल सोल्टीले विगत लामो समयदेखि सरकारी बक्यौता नतिरेको र पटकपटक ताकेता गर्दा पनि सरकारी राजश्व तिर्न नआएको भन्दै ३५ दिनभित्र उक्त रकम र त्यसमा नियमानुसार लाग्ने ब्याज तिर्न नआए लिलामीमा लैजाने चेतावानी दिइएको छ ।

त्यस्तै मिनी क्यासिनो सञ्चालक सुरेन्द्र बहादुर सिंहले पनि नेपाल सरकारलाई ७ करोड ५३ लाख ६८ हजार ४८ रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । ह्याप्पी आवर प्रालि नामक मिनी क्यासिनो सञ्चालन गर्ने गरेका सिंहले नेपाल सरकारलाई साँडे ७ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको देखिएको हो । उनलाई पनि ३५ दिनभित्र रकम तिर्न आउन सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्