Logo
५ जेष्ठ २०८१, शनिबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ ।

पूर्वउपप्रधानमन्त्री गच्छदारलाई विशेष अदालत काठमाडौंले ललिता निवासको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा म्याद जारी गरेको हो ।

अदुअआले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएका पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ, छविराज पन्त, अदुअआका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पनि १५ दिने म्याद जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गच्छदारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो र आठदेखि दश वर्ष कैद सजायँ माग दाबी गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्