Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्वात्राले सम्हाले कार्यभार : राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र, उपराष्ट्रपतिसँग भेटवार्ता

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका छन् । उनले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझएका छन् भने उपराष्ट्रपतिसँग भेटवार्ता समेत गरेका छन् ।

नवनियुक्त  राजदूत क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

आइतबार नेपाल आइपुगेका राजदूत क्वात्राले राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेको भारतीय राजद्रतावासका प्रवक्ता अभिषेक दुवेले बताएका छन् ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किए लगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि राजदूत नियुक्त गरेका हुन् । बिहिबार नै उनले उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि औपचारिक रुपमा भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्