Logo
२४ बैशाख २०८१, सोमबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको स्वास्थ्य अवस्था सामान्य हुँदै, तरल पदार्थ खान सुरु

त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्एका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीमो पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अहिले उलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ । उनको पछिल्लो स्वास्थ्य स्थितिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ ।

त्रिवि शिक्षण अस्पताल पुगेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्था सामान्य गएको बताएका छन् ।

चिकित्सकहरुको भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘उनको स्वास्थ्य अवस्था सामान्य छ । बिहान कालो चिया खुवाइएको छ ।’

उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षा मन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीसँग भेट गर्न भने कसैलाई पनि दिइएको छैन ।

प्रधानमन्त्री ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ । उनको स्वास्थ्यका सबै सूचक राम्रा रहेको तर केही दिन डाक्टरकै निगरानीमा राख्नुपर्ने मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले बताए ।

यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिनुभएकी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रत्यारोपणमा संलग्न डाक्टर ज्ञवालीले बताए ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्