Logo
२४ बैशाख २०८१, सोमबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउ आज फेरि २ सयले बढ्यो

नेपाली बजारमा सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँ बढेर  ८० हजार ७ सय रुपैयाँ पुगेर नया कीर्तिमान बनाएको छ ।

बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ अहिले सम्मकै महँगो भएको र तोलाको ८० हजार ७ सय रुपैयामा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा भाउ केही घटे पनि भारतीय रुपैयाँको तुलनामा डलर महँगो हुँदा सुनको भाउ बढेको महासङ्घ अन्तरर्गत भाउ निर्धारण समितिले जनाएको छ ।

चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्