Logo
२३ बैशाख २०८१, आईतबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गरुडा नगरपालिकाको चौथो नगरसभा उपमेयर जयसवालद्वारा बहिस्कार

प्रदेश २ स्थित सुरक्षा घेराभित्र आयोजित रौतहटको मध्यभाग गरुडा नगरपालिकाको चौथो नगरसभा उपमेयर रंगिला देवी जयसवालले बहिस्कार गरेकी छिन । नगरपालिकाको सभाकक्षमा बुधबार आयोजित कार्यक्रममा उपमेयर जयसवालले चौथो नगरसभालाई अबैधानिक रहेको बताउदै बहिस्कारको घोषणा गरेकी हुन ।

सोक्रममा सभालाई संबोधन गर्दै गत अषाढ ९ गते प्रशासकिय अधिकृत टेकराज पन्थीको अगुुवाईमा भएको तेस्रो नगरसभाको निर्णयहरु कार्वान्यन नगरी अबैधानिकरुपमा हुनलागेको चौथो नगरसभा आफुले बहिस्कार गरेको बताईन । बहिस्कार संगै सभाहल बाहिरिएकी उपमेयर रंगिलादेवी जयसवाल संगै नेपालीकांग्रेस बाट निर्वाचित ४ जना वडा अध्यक्ष,राजपाका १ र नेकपाका १ गरी १९ जना निर्वाचित प्रतिनिधी बाहिरिएका थिए।

सो क्रममा उपमेयर जयसवाल सहीत काँग्रेस समर्थकहरुले लुटतस्त्र बन्द, नगरसभा बहिस्कार गरौ,तेस्रो नगरसभा कायम गरौ जस्ता नारा लगाउदै गरुडा बजार परिकर्मा गरेका थिए । नगरसभा बहिस्कार पछी नगरपालिका अगाडी पत्रकार संग कुरोगर्दै उपमेयर जयसवालले कुल ४८ जना सदस्य मध्ये वडा ३ का अध्यक्ष कृष्णकुमार शहनी,७ का वडा अध्यक्ष रामेश्वर यादव,२का अध्यक्ष बिशुनदेव शहनी,४ का अध्यक्ष चुनचुन प्रसाद साह,सहीत १९ जनाले चौथो नगरसभा बहिस्कार गरेको बताईन ।

यसअघि भएको तेस्रो नगरसभामा उपसचिव पन्थीको पालामा भएका निर्णयहरु कार्वान्यन नगरी खानेपानीका ईन्जिनियर मुस्ताख आलमलाई प्रशासकिय अधिकृत बनाएर अबैधरुपमा करोडौंको योजनाको नाउमा रकम कुम्ल्याने मन्सायले मेयर ईन्दुुराय यादवले बलपुर्वक चौथो नगरसभा गराउन लागेको आरोप समेत लगाएकी थिईन ।

नगरसभा अघि गर्नुुपर्ने राजश्व परामर्स समितिको बैठक नबसी, विकासको योजनाबारे कुनै छलफल नगरी,सातदिन अघि दिनुपर्ने लिखित पत्र पनी नदिई मेयर यादवले सबै निति नियम मिचेर मनपरी ढंगले गर्नलागेको चौथो नगरसभालाई मान्यता नदिन आफु अदालतमा जाने पत्रकार सम्मेलनमा उपमेयर जयसवालले बताईन ।

मेयर ईन्दुराय यादवद्धारा आयोजित चौथो नगरसभा नगराउन उपमेयर जयसवालले गत १८ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा च.न.३४९को पत्र दर्ता गराएकी थिईन । सोे पछी मन्त्रालयले स्थानियतहको सभासञ्चालन एन २०७४मा भएको ब्यवस्था अनुसार एजेण्डा तयगरी सभासञ्चालन गर्ने ब्यवस्था मिलाउन हुन मन्त्रालयका शाखा अधिकृत राजकुमार बोहराद्धारा हस्ताक्षरित पत्र गरुडा नगरपालिकालाई सोही दिन पत्र काटेको थियो ।

त्यतीमात्र नभई सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीका स्वकिय सचिव रमेश पाण्डे, मन्त्रालयका सचिव यादव कोईराला, सहसचिव बसन्त भण्डारीले समेत प्रशासकिय अधिकृतलाई चौथो नगरसभा तत्काल रोकागरी २० घन्टा भित्र मन्त्रालय हाजिरहुन भनेको उप मेयर जयसवालको भनाईछ ।

तर मेयर यादव र प्रशासकिय अधिकृत आलमले मन्त्रालयको आदेश समेत बेवास्ता गरेको उपमेयर रंगिलादेवी जयसवालले पत्रकार सम्मेलनमा टिप्पनी गरेकी छिन ।

यसैबिच गरुडा नगरपालिकाले कुल १४ करोड ४० लाखको बजेट बिनियोजन गर्दै चौथो नगरसभा सफल भएको दावी गरेको छ । नेपाल सरकारको निति भित्र रहेर चौथो नगरसभा सम्पन्न भएको प्रशासकिय अधिकृत आलमले दावी गरेका छन । नगरसभामा प्रदेश २ का कृषी तथा भुमिब्यवस्था सहकारी राज्यमन्त्री योगेन्द्र यादव,प्रदेश सांसद अबुलकलाम शेख फुलबाबु, नगरप्रमुख ईन्दुराय यादव,पशासकिय अधिकृत मुस्ताख आलम, लगायतले बोलेका थिए ।

मेयर यादव समाजवादी पार्टी बाट निर्वाचित भएका छन भने उपमेयर जयसवाल नेपालीकांग्रेस बाट निर्वाचित भएकी हुन । चौथो नगरसभाको अवसरमा नगरपालिका कार्यालयको अगाडी तथा सभाहल वरपर ठुलो संख्यामा नेपालप्रहरी र सशस्त्रप्रहरी परिचालन गरीएको थियो । सुरक्षाकर्मीले जनप्रतिनिधीको परिचयपत्र हेरेर मात्र सभाहल भित्र प्रवेशगर्न दिएका थिए ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्