Logo
२३ बैशाख २०८१, आईतबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिस वर्ल्ड’ २०१९ की टोनी फागुन २३ गते हेलम्बु आउने

मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह फागुन २३ गते सिन्धुपाल्चोकको हेलम्बु आउने भएकी छिन् ।

हिडन ट्रेजरको समन्वयमा नेपाल आउन लागेको टोनी भोलि काठमाडौं आइपुग्ने ‘मिस वर्ल्ड’ टोनी फागुन २३ मा हेलम्बु पुगेर काठमाडौं फर्किेनेछिन् ।

हेलम्बुमा उनी ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ पुग्ने कार्यक्रम तय भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए ।सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो ।

त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । टोनीले सोर्सिङ गाउँमा एकघण्टा बिताउने कार्यक्रम रहेको अध्यक्ष लामाले बताए ।

त्यहाँका मानिसहरुको जीवनस्तर उकास्न अनुष्काले सीपमुलक कार्यक्रमहरु गरिरहेकी छिन् । टोनीको नेपाल बसाई दुई दिन रहेको छ ।

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्