Logo
२३ बैशाख २०८१, आईतबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि विकास बैंकको अध्यक्षमा निरौला नियुक्त

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा नियुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक निरौला सरकारी स्वामित्वको बैंक अध्यक्षमा नियुक्त भएका हुन् । निरौला बुधबार बिहान अर्थमन्त्री स्तरीय निर्णयबाट अध्यक्षमा नियुक्त भएका छन् ।

निरौलासँग केन्द्रीय बैंकमा ३० वर्षको सेवा अनुभव छ । उनले साढे २५ वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका थिए । त्यसैगरी डेढ वर्ष वित्तीय सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकको व्यवस्थापन टिममा बसेर काम गरे ।

त्यस्तै उनी २०५५ सालमा नेपाल बैंकको एक अर्ब रुपैयाँ कर्जा घोटाला काण्डमा अनुसन्धान गरेको अनुभव उनीसँग छ ।निरौलाले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् भने बैंकको ब्यवस्थापन समितिका सदस्य सचिव समेत थिए ।

उनी अवकाश हुने बेलामा राष्ट्र बैंकको प्रवक्ता थिए । उनी मुद्रा ब्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।

निरौलाले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीबि नेपालसँगबाट पद तथा गोपनीयताको शपथ लिएका छन्

 

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्