राष्ट्रियसभाका १८ सदस्यलाई अध्यक्ष तिमिल्सेनाले लगाई दिए सांसदको लोगो (फोटाफिचर)

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना बुधबार राष्ट्रियसभा सदस्यहरुको शपथग्रहण कार्यक्रममा बधाई तथा लोगो प्रदान गर्दै ।
काठमाडौं : राष्ट्रिय सभाका १८ सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण गर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ जना छन् ।
उनीहरु गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए ।