Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकमार्गबाट समेत भारत प्रवेश गर्न नेपालीलाई निषेध!

 

भारत प्रवेश गर्न नेपालीलाई माकस लगाउनु अनिवार्य भएको छ । कोरोना संक्रमणको प्रभाव रोक्न नेपालबाट भारत जाने नेपालीलाई मास्कबिना प्रवेशमा निषेध गरिएको छ । सीमा सुरक्षाको लागि नेपाल–भारत सीमामा माकस लगाउनु अनिवार्य भएको हो ।

नेपालबाट कोरोना भारत भित्रिनसक्ने आशंकामा भारतले यो कडाई लगाएको हो ।

यद्यपि भारतबाट नेपाल आउनेलाई भने मास्क अनिवार्य गरिएको छैन ।

कञ्चनपुरको भीमदत्तनगर, ६ का स्थानीय कैलाश जोशीले भने, ‘‘नेपालबाट भारततर्फ जाने सबैलाई मास्क अनिवार्य गरिएको रहेछ ।

म मास्क नलगाई गएको थिएँ । मलाई भारतीय सुरक्षाकर्मीले फर्काइदिए । मसँग भएको रुमाललाई मास्कको रुपमा प्रयोग गरेर पछि जान दिइयो ।’’

सीमा क्षेत्रमा दैनिक हजारौं नेपाली तथा भारतीय नागरिक आवातजावत गर्छन् । सीमा क्षेत्रमा मास्क बेच्नेहरुको भीड समेत लागेको छ । भारतीय एसएसपीको चेकिङ गर्ने स्थान नजिकै ‘हेल्थ क्याम्प’ राखिएको छ । त्यहाँ तापक्रम नाप्ने काम भइरहेको बताईन्छ ।

नेपालतर्फको गड्डाचौकी नाकामा प्रहरीले मास्क र पञ्जा लगाएर जाँच गर्न थालेका बताएका छन् । त्यसअर्थ एक हपता अघि माकस लगाउनु अनिवार्य भएपनि अहिलेको अवस्थामा माकस लगाउनु अनिवार्य छैन ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्