Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज दिउसोदेखि मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना

आज दिउसोदेखि मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

राति भने देशको पूर्वी तथा मध्यपहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ।

तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । भने अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भू-भागमा पनि आंशिक बदली हुनेछ ।

यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्