Logo
५ जेष्ठ २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासका लागि ज्ञान र स्रोत बढाउन धनगढीमा ‘विकास सम्मेलन’ शुरु

सुदुरपश्चिम प्रदेश स्थित कैलाली जिल्लमा धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा विकास सम्मेलन शुरु भएको छ ।

सम्मेलनको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले उद्घाटन गर्दै राष्ट्रको विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।

उनले भने, “हामी अहिले स्रोतको पहिचानविनै विकासको योजना कार्यान्वयन गरिरहेका छौँ ।

यसले राम्रो परिणाम दिएको छैन ।” उनले कार्यान्वयनयोग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने पनि बताए ।

उनले आयोजना चक्र व्यवस्थापनको सिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जानकारी दिए । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले धनगढीको विकासका लागि दिशानिर्देश गर्न सम्मेलन गरिएको बताए ।

उनले नगरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारको दायरा फराकिलो बनाइने लगायत विषयवस्तु समावेश गरिने जस्ता विषयवस्तु सम्मेलनमा प्रस्तुत गरिन लागेको बताए ।

सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य परियोजना बैंक प्रस्तुत गरिँदैछ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्