Logo
१५ बैशाख २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्नपूर्ण पदमार्गमा कारोनाको असर : सिजनमा दैनिक डेढ सयबाट घटेर मात्र २० जना

नेपाल आउने पर्यटनको मुख्य रोजाइमा रहेको अन्नपूर्ण बेसक्याम्प (एबीसी) पदमार्गमा पनि चीनको बुहानबाट फैलिएको कोरोना भाइरसको असर देखिएको छ ।

सिजनमा दैनिक डेढ सयको हाराहारीमा पदयात्री पुग्ने एबीसीमा अहिले भने घटेर २० पुगेको छ । सिजनमा ४० बढीको हाराहारीमा पाहुना राख्ने होटलहरु यतिबेला रित्ता देखिन थालेका छन्

गएको माघ ३ गते अन्नपूर्ण बेसक्याम्प अन्तर्गतको हिंक् केभ र देउराली बिचको भागमा हिमपहिरो गएपछि अनिश्चित कालका लागि बेसक्याक्याम्पमा पदयात्रीको आवागमन ठप्प पारिएको थियो ।

हिमपहिरोमा परि ४ जना कोरियाली र ३ जना नेपाली गरि ७ जना बेपत्ता भएका थिए । बेपत्ता ७ मध्ये गाइड सरोज परियार मृत शुक्रबार मृत अवस्थामा फेला परेका थिए ।

बाँकी ६ को अझैसम्म कुनै पत्तो लाग्न सकेको छैन । पदमार्गमा करिब ६० को हाराहारीमा होटल सञ्चालनमा छन् ।

एक महिनासम्म बन्द भएर खुलेको एबीसीका पर्यटन व्यवसायीहरु पूनःकोरोना भाइरको कारण मारमा परेका छन् ।

अन्नपूर्ण बेसक्याम्पका व्यवसायी जगनराज गुरुङका अनुसार पदयात्री नहुँदा होटलहरु रित्ता देखिन थालेका छन् ।

‘अस्ति गएको पहिरोले त होइन होला,त्यही कोरोनाले गर्दा खेरि त होला,’ उनले भने । कोरोना भाइरसका कारण पर्यटन व्यवसायीहरु मारमा परेको भन्दै उनले गुनासो समेत पोखे ।

एबीसीमा व्यवसायीक हेलिकप्टर उडान हुँदै आएकोमा केही समय अघि बन्द गरिएको छ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्