Logo
२२ बैशाख २०८१, शनिबार
(March 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपिल शर्माको शोमा खुलासा : ‘अभिनेत्री श्रद्धा कपूरले छाडा शब्द बोल्न नसकेपछि…!’

अहमद खानले आफ्नो आगामी फिल्म ‘बागी ३’ सम्बन्धी एउटा घटनाको खुलासा गरेका छन् जब फिल्मकी अभिनेत्री श्रद्धा कपूरले उनको संवाद बोल्न धेरै कठिनाई सामना गर्नुपरेको थियो ।

बलिउड अभिनेता टाइगर र श्रद्धा प्रख्यात हास्य कलाकार कपिल शर्माको शो ’द कपिल शर्मा शो’ को सेटमा आफ्नो फिल्मको प्रमोसनको लागि गएका थिए ।

त्यो शोमा निर्देशक अहमद खान पनि उपस्थित थिए । निर्देशक अहमद खानले श्रद्धा र टाइगरको बारेमा केही खुलासे गरे ।

सुरुवातमा श्रद्धाले राम्रो सँग सम्वाद भन्न सकिरहेकी थिइनन् ।पछि फिल्मका लेखक फरहाद सम्जी उनलाई मद्दत गर्न अगाडि आए र श्रद्धालाई राम्रो प्रशिक्षण दिए।

टाइगरले यस फिल्ममा मुख्य भूमिका निभाएका छन् र यो फिल्म ६ मार्चमा रिलिज हुने छ ।

प्रकाशित मिति: Mar 1, 2020

प्रतिक्रिया दिनुहोस्