Logo
१५ बैशाख २०८१, शनिबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ महिनादेखि भोजपुरमा बन्द प्रसूति सेवा पूनः सञ्चालनमा

प्रदेश नं १ स्थित भोजपूर जिल्ला अस्पतालको प्रसूति सेवा लामो समयदेखि बन्द रहेको पूनः सञ्चालनमा आएको छ । उक्त अस्पतालमा प्रसूतिका लागि विषेशज्ञ डाक्टर नहुँदा गएको साउन अन्तिम सातादेखि बन्द भएको थियो ।

प्रसूथि सेवा एमडीजीपी डाक्टर अमितेसराज पाण्डे आएपछि शुक्रबारदेखि सञ्चालनमा आएको छ ।डाक्टर पाण्डेसहित जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठ लगायत अन्य स्वस्थ्यकर्मीको टोलीले एक महिलाको सफल शल्यक्रियासमेत गरेर प्रसूति समेत गराएका छन् ।
अस्पतालमा मासिक ६ देखि ७ जनासम्म महिलाको शल्यक्रियाबाट प्रसूति गराउनुपर्ने अवस्था रहने गरेको जिल्ला अस्पताल भोजपुरकी प्रमुख डाक्टर पवित्रा श्रेष्ठले बताइन् । अस्पतालमा सामान्य प्रसूति सेवा सञ्चालनमा आए पनि शल्यक्रियाबाट गरिने प्रसूति सेवाका लागि धरान, विराटनगर तथा काठमाण्डौका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको थियो ।

डाक्टर श्रेष्ठले भनीन्, ‘७ महिनासम्म बन्द रहेको प्रसूति सेवा सञ्चालनमा ल्याउन पाउँदा धेरै खुसी लागेको छ, अब हाम्रा दिदीबहिनीहरुले आफ्नै जिल्लामा राम्रो सेवा पाउने अवस्था बनेको छ, सेवा सञ्चालनमा ल्याउन पहल गर्ने सबै सरोकारवालाहरुलाई धन्यवाद ।’

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्