Logo
१५ बैशाख २०८१, शनिबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट नेपाल सुरक्षित छ भन्ने अवस्था छैन : डा. बास्तोला

चिसो मन पराउने कोरोनाबाट नेपाल कति सुरक्षित छ ? चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको छ ।

हाल कोरोना भाइरसको प्रकोप तापक्रम उच्च भएका मुलुकमा संक्रमण दर घट्दै गएको छ । भने औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ । उनले भने, ’तापक्रम बढी भएका मुलुकमा संक्रमण न्युन गतिमा बढेको छ । तापक्रम न्युन भएका स्थानमा संक्रमण दर द्रूत गतिमा देखिएको छ।’

कोरोनाबाट नेपाल कति सुरक्षित ?

चीनबाट फर्किएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपनि अहिले पूर्णरुपमा सन्चो भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३२ वर्षीय ती युवामा एक महिनाअघि भाइरस पोजेटिभ देखिएको थियो। काठमाडौंको तापक्रम औसतमा १८ डिग्री सेन्टिग्रेट रहेको छ।

तापक्रमको दृष्टिमा नेपाल पनि भाइरस संक्रमणको जोखिमबाट मुक्त भइनसकेको देखिन्छ। सरुवा रोग विशेषज्ञ डा. बास्तोला भन्छन, ’चिसो मन पराउने भाइरस भएकोले अहिले नै हामी सुरक्षित छौं भन्ने अवस्था छैन। पूर्व तयारी र सावधानी अपनाउनुपर्ने देखिन्छ।’

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म ३४ भन्दा बढी मुलुकमा देखिएको छ। भाइरसको संक्रमणबाट दुई हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ। ८० हजार भन्दा बढी व्यक्ति संक्रमित छन्।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्