Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुंगाले लागेर कांग्रेस वडासभापति श्रेष्ठको मृत्यु

गुल्मी : सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति बावुकाजी श्रेष्ठको मृत्यु भएको छ।

बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए ।

उपचारका लागि उनलाई भरतपुर लगिएको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ ।

यस सडकखण्डको सिद्धबाबामा पहिरो र ढुंगा खसेर थुप्रैको ज्यान गइसकेको छ । सिद्धबाबा सडकखण्ड भएर ओहोरदोहोर गर्ने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्