Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैकल्पिक राजनीतिको खोजी गर्दै जनता : रवीन्द्र मिश्र

प्रदेश नं ५ स्थित लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालको वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र भएको दाबी गरेका छन् ।

उनले काँग्रेस, कम्युनिस्ट लगायतका दलहरु सुसंस्कृत राजनीति नगरेको कारण त्यसबाट नेपाली जनता अत्तालिएर वैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताएका हुन् ।

मिश्रले दोस्रो राष्ट्रिय भेलामार्फत् साझा पार्टी भ्रष्टाचार निर्मूलीकरण तथा सुसंस्कृत राजनीतिको एजेण्डालाई मुख्य आधार बनाइ जनतामाझ जान कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएका छन् ।

भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढीरहेको हुँदा त्यसपछि सुशासन तथा सुसंस्कृत राजनीतिलाई स्थापित गर्न साझा पार्टीबाहेक अरु कसैले गर्न नसक्ने उनले दाबी गरेका छन् ।

त्यस्तै साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुद्धजन्मस्थल लुम्बिनीबाट नेपाली राजनीतिमा नयाँ आयाम थपेर फरक धारबाट वैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताएका थिए । सो कार्यक्रमा राजनीतिक मामिला प्रमुख मुमाराम खनाल, संगठन विभाग प्रमुख केशव दाहाल, सांसद शोभा शाक्य लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्