Logo
२१ बैशाख २०८१, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता :  उपराष्ट्रपति

उपराष्ट्रपति ले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताए ।

नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट गरे ।

“केन्द्रमा सङ्घीय सरकारले हाम्रा शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने छ ।” मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिए ।

उनले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गरे ।

सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष बिलबहादुर थापा लगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्