Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीमा अझै नियन्त्रण हुन सकेन डोनाल्ड ट्रम्प केन्द्रित धार्मिक हिंसा, २० को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीमा धार्मिक दंगा भड्केको छ । घटनामा २० जनाको मृत्यु भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केन्द्रित भएर भड्किएको हिंसा अझैपनि नियन्त्रणमा अउन नसकेको हो ।

अमेरिकी राष्ट्रपतिको प्रत्येक भारत भ्रमण यस्तो हिंसा हुने गरिएको इतिहास छ । आइतबार साँझबाट शुरु भएको दंगा मंगलबार साँझ पनि भएको छ । एउटा समूहले मुसलमान समुदायका घर र पसल आगो लगाइदिएका छन् ।

उत्तरपूर्वी दिल्लीमा रड र लाठीसहित सक्रिय भएका समूहले दंगा मच्चाएका हुन् । दुई समूहबीचको भिडन्तमा २० जना मारिएका हुन् । घटनामा २५० घाइते भएका छन् ।

भारतमा नागरिकतासम्बन्धि विधयेक संसदबाट पारित भएपछि यसको विरोधमा प्रदर्शन भइरहेको छ । समर्थनमा पनि मानिसहरु सडकमा आएका छन् । दुई समूहबीचको भिडन्त भएको हो ।

घटनामा एकजना प्रहरीको गोली लागी मृत्यु भएको छ । प्रदर्शनकारीले पेस्तोललगायत आधुनिक हतियारको समेत प्रयोग गर्न थालेका छन् । भिडन्तकारीहरुले पेस्तोलको समेत प्रयोग गर्न थालेपछि मानिसहरु त्रसित भएका छन् ।

मानिसहरु डरले घर छाड्न थालेका छन् । मस्जिदहरुमा समेत आक्रमण भएको जनाइएको छ । धार्मिक दंगाका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण समेत ओझेलमा परेको छ ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्