Logo
५ जेष्ठ २०८१, शनिबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएन दिल्ली हिंसा : बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुग्यो, ६७ सुरक्षाकर्मी घाईते

नयाँ दिल्ली : नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर-पूर्वी दिल्लीमा जारी हिंसामा परी बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुगेको छ ।

नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच आइतबारबाटे हिंसा मच्चिएको थियो ।

समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका एमडी सुनिलकुमार गौतमलाई उद्धृत गर्दै बुधबार बिहान उपचाररत पाँच जना घाइतेको मृत्यु भएको जनाएको छ । योसँगै हिंसामा परी मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

उत्तर–पूर्वी दिल्लीको जाफराबाद, मौजपुरलगायतका क्षेत्रमा जारी हिंसामा झण्डै अढाई सय मानिसहरु घाइते भएका छन् । जसमध्ये ६७ सुरक्षाकर्मी पनि रहेका छन् ।

हिंसाका कारण उत्तर-पूर्वी दिल्लीका सम्पूर्ण शैक्षिक संस्थानहरु बन्द गर्न निर्देशन दिइएको छ । दिल्ली सरकारले आन्तरिक परीक्षाहरु स्थगित गर्ने घोषणा गरेको छ । यसका साथै सरकारले सीबीएसईको बोर्ड परीक्षा पनि स्थगित गरेको छ ।

नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्