Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमी वायुको प्रभाव : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको महाशाखा जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालका पश्चिमी क्षेत्रहरुमा सामान्य र पूर्ण बदली भएको छ । केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य क्षेत्रमा आंशिक देखि सामान्य बदली रहेको अवस्था छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानले आज दिउँसो देशभरी नै आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्