Logo
१८ बैशाख २०८१, मंगलबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशको जागिर छाडेर सुनिल श्रेष्ठले थाले स्वदेशमै भैंसीपालन

स्वदेशमै आफनो भविष्य देख्ने एक युवा जापानको जागिर छोडेर नेपालमै भैंसीपालनमा १ करोड भन्दा बढिको लगानी गरेर बसेका छन ।
हजारौं नेपाली युवाहरुको सपनाको देश हो जापान ।

लाखौं खर्च गरेर रोजगारीका लागि जापान जान मरिहत्ते गर्ने गर्छन नेपालि युवाहरु । सबै युवाहरु भन्दा फरक सोच भएका बागलुङ जिल्लाको सुनिल श्रेष्ठले वैदेशिक रोजगारिलाई बिट मार्दै रत्नेचौरमा जग्गा भाडामा लिएर पशुपालन फार्म सञ्चालनमा ल्याएका हुन् ।

व्यवस्थित रुपमा निर्माण गरिएको गोठमा मुर्राजातका १६ ओटा दुहुना भैंसी र जर्सी जातका ७ ओटा गाई रहेका छन् । २०० ओटा उन्नतजातका भैंसी पाल्ने र धौलागिरिका तिन जिल्लाका सदरमुकामसम्म दूध र्पुयाउने उनको योजना छ ।

उनले विदेशमा गर्ने श्रम र दुःख स्वदेशमै गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा जापानमा गएर आफैँ श्रम गरेपछि बुझेका अनि कृषिमा लगानी गर्न सकेमा राम्रो पैसा कमाउन सकिन्छ भन्ने सोचले पशुपालन शुरु गरेको उनले बताए ।

सबै युवाहरुको विदेश गएर राम्रो जागिर खाएर आफ्नो उज्जवल भविष्य बनाउने सपना हुन्छ तर सबै युवाहरु भन्दा फरक विचार
भएका युवक विदेशको राम्रो जागिर छोडेर स्वदेशमै आफ्नो उज्जवल भविष्य देख्छन् ।

रु उनले विदेशमा सिकेको सीप र अनुभवलाई नेपालमै उपयोग गर्ने बाटोमा अघि बढेको देख्दा उनी नेपालको सबै युवकहरुको लागि ठूलो उद्घारण भएका छन ।

उनकै देखासिकी गरेर अहिले रत्नेचौरका युवाहरु पनि कृषि र पशुपालनतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्